अमेरिकामा गोली चलाउने किशोरका अभिभावकलाई जेल सजायको फैसला

 चैत २८, २०८० बुधबार १२:२२:४३ | एजेन्सी
unn.prixa.net

तस्बिर : एजेन्सी

अमेरिकाको मिशिगनमा गोली चलाउने एक किशोरका अभिभावकलाई अदालतले १० देखि १५ वर्षको जेल सजाय सुनाएको छ । चार जना विद्यार्थीको गोली हानी हत्या गरेको घटनामा किशोरका अभिभावकलाई शुरुमा सात वर्षको सजायको प्रस्ताव गरिएको थियो तर पLडित पक्षले सजाय अवधि बढाउन माग गरेको बीबीसीले जनाएको छ ।

गोली चलाउने किशोरका आमाबाबु अदालतमा उपस्थित भएर छोराका कारण भएको घटनाबारे आफूलाई पछुतो भएको भन्दै दुःख व्यक्त गरेका खबरमा उल्लेख छ । पीडित पक्षले किशोरका आमाबुबाले छोराको बिग्रँदै गएको मानसिक स्वास्थ्यलाई बेवास्ता गरेको आरोप लगाएको थियो ।

१५ वर्षका युवकले अक्सफोर्ड हाईस्कुलमा गोली चलाउँदा चार जना विद्यार्थीको ज्यान जानुका साथै सात जना घाइते भएका थिए । ज्यान गुमाउने सबै जना १७ वर्षमुनिका रहेका खबरमा उल्लेख छ ।

अमेरिकामा किशोरावस्थाका छोराले हत्या गरेको अभियोगमा सजाय पाउने उनीहरू पहिलो अभिभावक भएका भन्दै न्यायधीशले यो फैसलाले भविष्यमा हुने सम्भावित घटनालाई रोक्न मद्दत गर्ने बताएका छन् ।

यसअघि पनि यस्ता घटना भइरहेकामा किशोर वा उनका परिवारलाई दिने सजायबारे बेवास्ता हुँदै आएको थियो ।

अन्तिम अपडेट: बैशाख १८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया