इरानद्वारा इजरायलमा आक्रमण शुरु, प्रत्याक्रमणबारे चाँडै निर्णय गर्ने इजरायलको भनाई

 बैशाख २, २०८१ आइतबार ६:२९:९ | एजेन्सी
unn.prixa.net

तस्बिर : एजेन्सी

इरानले इजरायल माथि आक्रमण शुरु गरेको छ । स्थानीय समयअनुसार रातको पौने २ बजे राजधानी जेरुसेलम शहरका प्रतिरक्षा प्रणाली सक्रिय भएका र ठूलो विस्फोट हुँदा शहरभरी उज्यालो देखिएको बीबीसीले जनाएको छ । इरानले प्रहार गरेको ड्रोन प्रतिरक्षा प्रणालीले नष्ट गर्दा विष्फोट  भएको बीबीसीको खबरमा उल्लेख छ । त्यसअघि इरानले इजरायलतर्फ प्रहार गरेका केही ड्रोन अमेरिकी सेनाले रोकिदिएको सीबीएस न्यूजले जनाएको छ ।

यही अप्रिल एक तारिखमा इजरायलले सिरियाको दमास्कसमा रहेको इरानी दूतावासनजिकै हवाई आक्रमण गर्दा इरानका दुई जना शीर्ष सेना कमान्डरसहित १३ जनाको ज्यान गएको थियो । यो घटनापछि रिसाएको इरानले इजरायलमाथी आक्रमण शुरु गरेको बीबीसीले जनाएको छ ।

इजरायल–हमास युद्धको बेला इरान–इजरायल प्रत्यक्ष टकराव नभएपनि दमास्कस घटनापछि दुई देशबीच समस्या बढेको हो । इजरायली प्रधानमन्त्री वेन्जामिन नेतान्याहूले अहिले आफुहरु प्रतिरक्षामा रहेको र प्रत्याक्रमणबारेमा चाँडै निर्णय गर्ने बताउनुभएको बीबीसीले जनाएको छ ।

इरानले इजरायलमा आक्रमण शुरु गरेसँगै मध्यपूर्वका देशहरुमा ठूलो युद्धको सम्भावना बढेको छ । यसअघि इजरायल–हमास युद्धका क्रममा मध्यपूर्वमा युद्ध भड्किनबाट जोगिएको भए पनि इरानसँगको युद्ध फरक हुने अन्तर्राष्ट्रिय सुरक्षा विश्लेषकहरुलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ ।

यसअघि हिजो अमेरिकी राष्ट्रपति जो बाइडेनले इरानलाई इजरायलमाथि आक्रमण नगर्न चेतावनी दिँदै इरानले इजरायलमा आक्रमण गरेमा आफुहरु चुप नबस्ने र इरानको हार निश्चित हुने चेतावनी दिनुभएको थियो । अमेरिकाले आफ्नो युद्धपोतलाई मध्यपूर्वमा सक्रिय बनाएको छ ।  

अन्तिम अपडेट: बैशाख १८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया