रूस र युक्रेनबीच युद्धका कारण विस्थापित बालबालिकाको आदानप्रदान गर्ने सहमति

 बैशाख १३, २०८१ बिहिबार ६:३२:१२ | एजेन्सी
unn.prixa.net

तस्बिर : एजेन्सी

रूस र युक्रेन कतारको मध्यस्थतामा युक्रेन युद्धबाट विस्थापित भएका बालबालिकालाई आदानप्रदान गर्न सहमत भएका छन् । पहिलो पटक ‘प्रत्यक्ष वार्ता’ को ढाँचामा युक्रेनी पक्षसँग वार्ता गरेर  युद्धका क्रममा विस्थापित बनेका ५० जना बालबालिकामध्ये केहीलाई युक्रेन र केही बालबालिकालाई रूस लाने सहमति भएको मस्कोले जनाएको छ । यसअघि मस्कोले युक्रेनी बालबालिकालाई रूसी भूमिमा जबर्जस्ती प्रवेश गराएको आरोप लागेको थियो ।

सन् २०२२ मा आक्रमण शुरु भएयता रूसले आफ्ना १९ हजारभन्दा धेरै बालबालिकालाई गैरकानुनी रूपमा लगेको र त्यसमध्ये ४ सयभन्दा कमलाई मात्र  फिर्ता गरेको युक्रेनले जनाएको अन्तर्राष्ट्रिय समाचार संस्था एएफपीले जनाएको छ । तर मस्कोले आरोप अस्वीकार गर्दै बालबालिकाको सुरक्षाका लागि लडाकु क्षेत्रबाट अन्यत्र स्थानान्तरण गरेको जनाएको छ ।

युक्रेनमा युद्ध शुरु भएदेखि बालबालिकाको भविष्य अत्यन्त संवेदनशील बनेको खबरमा उल्लेख छ ।

अन्तिम अपडेट: बैशाख २२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया