युद्धविरामको लागि बन्धकलाई रिहा गर्न हमाससँग १८ देशको आग्रह

 बैशाख १४, २०८१ शुक्रबार ७:०:४१ | एजेन्सी
unn.prixa.net

तस्बिर : एजेन्सी

युद्धविरामको लागि बन्धकलाई रिहा गर्न हमाससँग अमेरिका लगायत १८ वटा देशले आग्रह गरेका छन् । विश्वका विभिन्न देशले संयुक्त वक्तव्य निकालेर हमासले दक्षिणी इजरायलबाट बन्धक बनाएका व्यक्तिहरूलाई तत्काल रिहा गर्न आग्रह गरेका हुन् । उनीहरूले बन्धकलाई रिहा गर्दा गाजामा तत्काल र लामो समयसम्म युद्धविराम हुने बताएका चिनियाँ सञ्चार माध्यम सिन्ह्वाले जनाएको छ ।

अमेरिका, अर्जेन्टिना, अस्ट्रिया, ब्राजिल, बेलायत, बुल्गेरिया, क्यानाडा, डेनमार्क, हङ्गेरी, रोमानिया, सर्बिया लगायत १८ वटा देशका नेताले एकैसाथ निकालेका विज्ञप्तिमा अन्तर्राष्ट्रिय कानूनअन्तर्गत संरक्षित गाजामा बन्धक र आक्रमणमा घाइते भएका र अझै क्रासमा रहेका नागरिकको भविष्य अन्तर्राष्ट्रिय चासोको विषय रहेको उल्लेख छ ।

गएको वर्ष अक्टोबर ७ मा इजरायलमाथि भएको आक्रमणपछि हमासको कब्जामा रहेका नागरिकमध्ये आफ्नै नागरिक पनि रहेको साथै बन्धकहरूलाई मुक्त गर्न सके गाजाभरि थप मानवीय सहायता उपलब्ध गराउन सकिने खबरमा उल्लेख छ । 

अन्तिम अपडेट: बैशाख २२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया