टिपरले ठक्कर दिँदा जडिबुटीमा एकको मृत्यु, ठक्कर दिने टिपरमा आगजनी

 जेठ ३०, २०७५ बुधबार १४:३९:१५ | उज्यालो सहकर्मी

भक्तपुर – भक्तपुरकाे जडिबुटीमा बुधबार टिपरले स्कुटरलाई पछाडिबाट ठक्कर दिँदा स्कुटरकाे पछाडि सिटमा रहेकी एक महिलाको मृत्यु भएको छ । 

मृत्यु हुनेमा काभ्रेपलान्चोक घर भएकी २४ वर्षीया अस्मिता भण्डारी रहेको कोटेश्वर प्रहरी प्रभागले जनाएको छ । स्कुटर चालक आशिष उप्रेती भने सामान्य घाइते मात्र रहेको जनाइएको छ ।

बा.४ ख ३५५८ नम्बरकोे टिपरले बालुवा बोकेर कोटेश्वरतर्फ जाँदै गर्दा त्यतै गइरहेको बा ७० प ९३९९ नम्बरको स्कुटरलाई जडिबुटीमा ठक्कर दिएको थियो ।

ठक्करबाट घाइते भण्डारीलाई उपचारका लागि ललितपुरको बि एण्ड बी अस्पतालमा लगिएकोमा अस्पतालले मृत्यु भएको जानकारी दिएको हो । 

दुर्घटनापछि आक्रोशित भीडले ठक्कर दिने टिपरमा आगो लगाइदिएको छ । आगलागीबाट टिपरमा क्षति पुगेको छ भने टिप्पर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । 

दुर्घटनापछि सडक बन्द हुँदा कोटेश्वरबाट पेप्सीकोला तथा भक्तपुरतर्फ जाने सवारी साधन एक घण्टा प्रभावित भएको थियो । ठक्कर दिने ज्यान लिने चालकलाई कारवाहीको माग गर्दै स्थानीयले निकैबेर सडकमा नाराबाजी गरेका थिए । 

दुइवटा दमकललेको सहयोगमा टिपरको आगो नियन्त्रणमा लिइसकिएको छ ।  

अन्तिम अपडेट: बैशाख १४, २०८१

1 Comments

  • Santi

    June 13, 2018, 8:32 p.m.

    Karodau uthauxa prasasan le harek palta Tara aile samma sadak surakxa ka laagi thos planning garna sakya xaina... K paisa thara matra pugne ho... Kamti ma kei upaya ta apnaunu paryo ni... Gari simit garne plan banauna paro, radar gun prayog garna paro badi durghatna hune thau ma.... Tetra sachib upasachib xan.... Ramro plan garna sakinxa hola ta...

  •  0 Reply

तपाईको प्रतिक्रिया