इलाम र बझाङका मतदान केन्द्रसम्म सार्वजनिक गाडी चलाउन पाइने
बैशाख १५, २०८१ शनिबार
जुम्ला – भारी हिमपातका कारण दुई महिनादेखि बन्द रहेको नाग्म – गमगढी राजमार्ग खुलेको छ ।
हिमपातले बाटोमै जमेको ५ फिट हिउँ नपग्लिएपछि बन्द भएको बाटो सडक डिभिजन कार्यालय जुम्लाको डोजर प्रयाेग गरी खुलाइएको हो ।
लामो प्रयासपछि हिउँ कम भएपछि डोजरले पञ्छाएर बाटो खुलेको सडक डिभिजन कार्यालय जुम्लाका इन्जिनियर श्रवण कुमार महाताराले जानकारी दिनुभयो । उहाँका अनुसार बाटो खुलेपछि गाडीहरु मुगु जान थालेका छन् ।
सडक डिभिजन कार्यालय जुम्लाले एक महिनादेखि डोजर लगाएर बाटो खुलाउने प्रयास गरे पनि हिउँ थपिरहने भएकाले समस्या भएको थियो । बाटो खुलाउन माघ १७ गतेदेखि सडक डिभिजन कार्यालयका कर्मचारीहरु खटिएका थिए ।
यसैगरी मुगु खण्डको आर्मी क्याम्प देखी झारनाउलासम्म हिउँ पञ्छाएपछि गाडी पुगेको सडक डिभिजन कार्यालय जुम्लाले जनाएको छ ।
दुई महिनापछि गाडी पुगेपछि भने मुगुमा दैनिक उपभोग्य सामानहरु सहज हुने भएको छ ।
दुई महिनादेखि बाटो बन्द भएका कारण दैनिक उपभोग्य समानहरुको अभाव र आवत जावत ठप्पै भएका कारण समस्या भएको थियो । मुगुबाट बाहिरिन विमान स्थलमा चाप हुने गरे पनि मौसमको खराबीले जहाज कमै उड्ने भएका कारण थप समस्या हुँदै आएको थियो ।
यसैगरी बाटो बन्द भएपछि यात्रुहरु मुगु र जुम्लामा थन्किएका थिए् । सिञ्जाको गुठिज्यूला भुलभुले घुच्चिलेकदेखि पिनासम्मको करिब ३० किलोमिटर बाटो हिउँले ढाकिएको र खुलाउन मुगु प्रशासन समेत समन्वय हुँदै आएको थियो ।
बाटो खुलाउन हर प्रयत्न भएको मुगुका प्रजिअ अधिकारी जयकुमार घिमिरेले जानकारी दिनुभयो । उहाँका अनुसार साना गाडीहरु चल्ने भएको छ । सांसदहरु र स्वयं आफूहरु नै हिउँ पञ्छाउदै मुगु पुगेको प्रमुख जिल्ला अधिकारी घिमिरेले जानकारी दिनुभयो ।
उहाँका अनुसार अझै पनि डोजर लगाएर बाटो सहज बनाउने भइरहेको छ । हिउँ पञ्छाएपछि माथिबाट पहिरो आउने कारणले समस्या भइरहेको उहाँले बताउनुभयो ।
अझ पनि जुम्ला र मुगु क्षेत्रमा दुईवटा डोजर तयारी हालतमा राखिएका छन् । अब एक दुई दिनमा ठूला सवारी पनि मुगु पुग्ने प्रजिअ अधिकारीले जनाउनुभयो ।
यसका साथै बाटो खाल्डा–खुल्डी र हिलाम्मे भएर कारण समस्या हुने भएको छ । तर सडक डिभिजन कार्यालय जुम्लाले धेरै हिलो र खाल्डा भएका स्थानमा पुर्न डोजर प्रयोग गरेरको इन्जिनियर महताराले जानकारी दिनुभयो ।
जुम्लामा बसेर पत्रकारिता गर्ने नेत्र शाही उज्यालोका जिल्ला सहकर्मी हुनुहुन्छ ।