सगरमाथा आधार शिविरमा पर्यटन विभागको फिल्ड कार्यालय स्थापना

 बैशाख १४, २०८१ शुक्रबार १८:२४:३३ | उज्यालो सहकर्मी
unn.prixa.net

तस्बिर : पर्यटन विभाग

काठमाण्डाै – पर्यटन विभागले सगरमाथाको आधार शिविरमा फिल्ड कार्यालय स्थापना गरेको छ ।

विभागले गठन गरेको पर्वतारोहण अनुगमन तथा सहजीकरण समितिका सदस्य खिमलाल गौतमको नेतृत्वमा आज आधार शिविरमा विभागको फिल्ड कार्यालय स्थापना गरेको पर्यटन विभागका निर्देशक राकेश गुरुङले जानकारी दिनुभयो । फिल्ड कार्यालयमार्फत चलिरहेको वसन्तयामको आरोहणको अनुमगन, रिपोर्टिङ र समन्वय गर्ने उहाँले बताउनुभयो ।

सरकारले सगरमाथा आरोहणका लागि हरेक समूहमा एक जना सम्पर्क अधिकृत पनि खटाउँछ । अहिलेसम्म सबैजसो सम्पर्क अधिकृत भने आशार शिविरमा पुगिसकेका छैनन् । फिल्ड कार्यालयबाट आरोही तथा उनीहरूका गतिविधिसँगै सम्पर्क अधिकृतको पनि अनुगमन हुने पर्यटन विभागले जनाएको छ ।

यस वर्षको वसन्तयाममा सगरमाथा आरोहणका लागि आजसम्म तीन सय ९० जनाले अनुमति लिएका छन् । उनीहरूबाट सरकारले ५५ करोड ८५ लाख रुपैयाँ रोयल्टी सङ्कलन गरेको छ ।

यस्तै यस वर्षको वसन्तयाममा नेपालका २७ वटा हिमाल आरोहणका लागि आठ सय ६१ जनाले अनुमति लिएका विभागले जनाएको छ । सबै हिमालमा गरी ६३ करोड ३८ लाख रुपैयाँ रोयल्टी सङ्कलन भएको छ ।

अन्तिम अपडेट: बैशाख २३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया