सडक ढलान गर्दा अनियमितता : गाउँपालिका उपाध्यक्षसहित ६ जनाविरुद्ध मुद्दा दायर

 बैशाख १४, २०८१ शुक्रबार १८:१४:४६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले महोत्तरीकाे एकडारा गाउँपालिका उपाध्यक्षसहित छ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेकाे छ । एकडारा–१ मा सडक ढलानका क्रममा अनियमितता गरेको आरोपमा अख्तियारले गाउँपालिका उपाध्यक्षसहित छ जनाविरुद्ध आज विशेष अदालतमा मुद्दा दायर गरेको हाे ।

आयोगले गाउँपालिका उपाध्यक्ष महजबी खातुन, तत्कालीन प्रमुख प्रशासकीय अधिकृत सरोजकुमार सिंह, इन्जिनियर सुभाष पाण्डेय, योजना शाखा प्रमुख महेन्द्रकुमार मण्डल, सहायक सब–इन्जिनियर सञ्जयकुमार मण्डल र जानकी कन्स्ट्रक्शन मनरा महोत्तरीका सञ्चालक राकेशकुमार रायविरुद्ध मुद्दा दायर गरेकाे छ । आयाेगले उनीहरूसँग आठ लाख ६५ हजार एक सय ४५ रुपैयाँ बराबरको बिगो मागदाबी गरेकाे छ ।

गुणस्तरहीन काम गरेको र त्यसलाई सदर गरी राज्यको स्रोतको दुरुपयोग गरेको पाइएकाले उनीहरूविरुद्ध मुद्दा दायर गरेको आयोगकाे विज्ञप्तिमा उल्लेख छ ।

अन्तिम अपडेट: बैशाख २४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया