सहकारी प्रकरणमा मुछिएका दीपेश पुन धराैटी बुझाएर रिहा
बैशाख १४, २०८१ शुक्रबार
काठमाडौं, – नेकपा एमालेका तत्कालीन महासचिव मदन भण्डारी र संगठन विभाग प्रमुख जीवराज आश्रितको स्मृति दिवस मनाउन माओवादी केन्द्रका नेता तथा कार्यकर्ता पनि सहभागी भएका छन् ।
एमालेको पहिले पार्टी कार्यालय रहेको बल्खुमा भएको कार्यक्रममा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलगायत नेता कार्यकर्ता सहभागी भएका हुन् ।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले मदन आश्रित स्मृति दिवसको दिन पारेर पार्टी एकता गर्न पाउँदा आफूलाई गर्व लागेको बताउनुभयो । आजको दिन पार्टी एकता गर्न आफूले नै प्रस्ताव गरेको पनि उहाँले जानकारी दिनुभयो ।
एमाले र माओवादीबीच बिहीबार पार्टी एकता गर्ने तयारी छ ।