दार्चुलामा चार वर्षपछि चीनतर्फको तिङ्कर नाका जानका लागि पासको...
बैशाख १४, २०८१ शुक्रबार
काठमाण्डाै - त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल साँघुरो भएकाले नेपाली आकासमा जहाज होल्ड हुने समस्या बढेको छ । विमानस्थलमा पार्किङको समस्या र आन्तरिक जहाजको चापका कारण अन्तर्राष्ट्रिय उडान होल्ड हुने समस्या बढेको विमानस्थल कार्यालयले जनाएको छ ।
शुक्रबार विहान मात्रै दिल्लीबाट आएको एअर इन्डियाको ए आई २१३ जहाजले काठमाण्डाैमा ६ फन्का लगाएपछि मात्र बल्ल अवतरणको पालो पाएको थियो ।
कतार एअरले हेटौँडामाथिको आकाशमा धेरै फन्का लगाएको छ । ल्हासा र हिमालयन एअरले पनि फन्का लगाइरहेका छन् । बुद्ध एअरलगायत अन्य जहाजले पनि धेरैबेर पालो कुर्नुपरेको विमानस्थल कार्यालयले जनाएको छ ।
विमानस्थलको धावनमार्गको कालोपत्रे फेर्न राति १० बजेदेखि बिहान ८ बजेसम्म विमानस्थल बन्द हुँदै आएपछि समस्या झनै बढेको छ ।