सहकारी प्रकरणमा मुछिएका दीपेश पुन धराैटी बुझाएर रिहा
बैशाख १४, २०८१ शुक्रबार
अर्घाखाँची – अर्घाखाँचीको सुपा देउराली दर्शन गरेर फर्कँदै गरेको बस दुर्घटना हुँदा १५ जना घाइते भएका छन् । घाइतेमध्ये चार जनाकाे अवस्था गम्भीर रहेकाे प्रहरीले जनाएकाे छ ।
सुपा देउराली दर्शन गरेर फर्कँदै गरेका यात्रु बोकेको लु १ ख ७९४१ नम्बरको बस शितगंगा नगरपालिका–२, भुवनपाटामा दुर्घटना हुँदा १५ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय अर्घखाँचीले बताएको छ ।
घाइतेको उद्धार कार्य जारी छ । घाइतेहरुलाई उपचारका लागि प्राथमिक स्वास्थ्य केन्द्र ठाडामा लगिँदै छ ।