छटपटाइरहेको अवस्थामा एक जोडी फेला : युवकको मृत्यु, युवती बेहोस

 जेठ ९, २०७६ बिहिबार १८:३३:१७ | उज्यालो सहकर्मी
unn.prixa.net

दाङ – दाङको घोराही उपमहानगरपालिका वडा नम्बर १६ को एक सामुदायिक वनमा एक जना मृत र एक जना छटपटाइरहेको अवस्थामा फेला परेका छन् ।

वडा नम्बर १६ को रातामाटा शीतल सामुदायिक वन क्षेत्रमा बिहीबार दिउँसो एक छटपटाइरहेकी युवतीसँगै एक युवक मृत भेटिएका छन् ।

वन हेर्न गएका सुनिल चौधरीले ती युवा युवती छटपटाइरहेको देखेपछि वडा सदस्यलाई खबर गरी प्रहरीलाई जानकारी गराएपछि उनिहरुको उद्धार गरिएको थियो ।

मृत अवस्थामा भेटिएका युवक रोल्पा सुनिल स्मृति गाउँपालिका ८ असरेका १८ वर्षीय राजेश घर्ती र छटपटाइरहेकी त्यसै ठाउँकी १७ वर्षीया गिता केसी रहेको प्रहरी प्रवक्ता डीएसपी विनोदविक्रम शाहले जानकारी दिनुभएको छ ।

मृतक युवकको शवलाई पोष्टमर्टमका लागि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको शवगृहमा राखिएको छ भने युवती केसीको प्रतिष्ठानमै उपचार भैरहेको छ । उनीहरुले विषादि सेवन गरेको प्रहरीले अनुमान गरेको छ ।

घटनास्थलमा विषादीको गन्ध आएको र बोतलको बिर्को समेत फेला परेको प्रहरीको भनाइ छ । युवती बेहोस भएका कारण घटनाका बारेमा सबै खुल्न नसेकको र अनुसन्धान भैरहेको प्रवक्ता शाहले जानकारी दिनुभएको छ ।

अन्तिम अपडेट: चैत ६, २०८०

तपाईको प्रतिक्रिया