अनामनगरमा पनि विस्फोट : एक जनाको ज्यान गयो

 जेठ १२, २०७६ आइतबार १७:३३:४४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – काठमाण्डौको अनामनगरमा पनि विस्फोट भएको छ ।

विस्फोटमा एक जनाको ज्यान गएको नेपाल प्रहरीका प्रवक्ता विश्वराज पोख्रेलले उज्यालो अनलाइनलाई जानकारी दिनुभयो । उनको परिचय नखुलेको प्रहरीले जनाएको छ । अनामनगरको विस्फोटमा घाइते भएका एकजनाको वीर अस्पतालमा उपचार भैरहेको छ ।

अनामनगरमा विस्फोट भएकै समयमा सुकेधारामा भएको विस्फोटमा २ जनाको ज्यान गएको छ । घाइते पाँच जनालाई उपचारका लागि ओम अस्पताल लगिएको छ ।

अहिलेसम्म ग्यास सिलिन्डर विस्फोट भएको या बम विस्फोट भन्ने खुल्न नसकेको पनि प्रहरी प्रवक्ता पोख्रेलले बताउनुभयो । 

 

काठमाण्डौको सुकेधारामा ग्यास सिलिण्डर विस्फोट : २ जनाको ज्यान गयो

 

अन्तिम अपडेट: बैशाख १४, २०८१

तपाईको प्रतिक्रिया