इलाम र बझाङका मतदान केन्द्रसम्म सार्वजनिक गाडी चलाउन पाइने
बैशाख १५, २०८१ शनिबार
काठमाण्डौ – नौ दिनदेखि सम्पर्कविहीन भएका नवलपरासीको मध्यविन्दु–२ कोलुवाका सौगात अधिकारीलाई कसैले देखे भेटेको भए खबर गरिदिन परिवारले अनुरोध गरेको छ ।
असार १७ गते घरबाट बुटबल जाने भनेर हिँडेका २८ वर्षीय अधिकारी त्यसपछि घर नफर्किएकाले कहिँ कतै भेटिए खबर गरिदिन परिवारले अनुरोध गरेको हो । बुटवल जान्छु भनेर हिँडेको दिन राति सौगातले आफू हेटाैँडामा साथीहरुसँग रहेको र केही दिनमा घर फर्किने बताएको र त्यसपछि सम्पर्क नभएको उहाँका मामाका छोरा नितेश सापकोटाले जानकारी दिनुभयो ।
कावासोतीमा कन्सल्ट्यान्सी दर्ता गरेर कार्यालय खोल्न सजावटको काम समेत सकिसकेका बेला भाइ सम्पर्कविहीन भएको उहाँले जानकारी दिनुभयो । उहाँलाई कसैले देखे वा भेटे फोन नम्बर ९८४७२५३७७६, ९८६७८५६१४२, ९८०१०८६४२६, ९८१८५५६५६३ मा वा नजिकको प्रहरी कार्यालयमा सम्पर्क गरिदिन परिवारले अनुरोध गरेको हो ।