यति एयरलाइन्सको जहाज धावनमार्गमा चिप्लियो, उडान र अवतरण अवरुद्ध

 असार २७, २०७६ शुक्रबार ११:४०:५९ | उज्यालो सहकर्मी
unn.prixa.net

फाेटाे : @Shree737 काे ट्वीटबाट

काठमाण्डौ – नेपालगञ्जबाट आएको यति एयरलाइन्सको जहाज त्रिभुवन विमानस्थलमा अवतरणको क्रममा धावनमार्गमा चिप्लिएको छ ।

बिहान ११ बजेर ६ मिनेटमा जहाज चिप्लिएर चौरमा पुगेको र त्यस क्रममा दुई जना यात्रु सामान्य घाइते भएका विमानस्थल कार्यालयले जनाएको छ ।

धावनमार्गमा जहाज चिप्लिएपछि अहिले विमानस्थलमा उडान र अवतरण बन्द भएको छ।

घाइतेको केएमसी अस्पताल सिनामंगलमा उपचार भैरहेको छ । अरु यात्रु सुरक्षित रहेको र उनीहरुलाई जहाजबाट बाहिर निकालिसकिएको पनि विमानस्थल कार्यालयले जनाएको छ ।

अन्तिम अपडेट: बैशाख १३, २०८१

तपाईको प्रतिक्रिया