सुनचाँदीको भाउ घट्यो

 भदौ १, २०७६ आइतबार ११:५५:५१ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – हप्ताको पहिलो दिन आइतबार सुनचाँदीको भाउ घटेको छ । सुनको भाउ आइतबार तोलामा ५ सय रुपैयाँ घटेर तोलाको ७१ हजार रुपैयाँ निर्धारण गरिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यस्तै, चाँदी तोलामा १० रुपैयाँ घटेर तोलाको ८ सय ३० रुपैयाँमा झरेको छ । यसैबीच साउन महिनामा मात्रै सुनको भाउ तोलामा ७ हजार रुपैयाँ बढेको छ ।

महिनाको पहिलो दिन तोलाको ६४ हजार ५ सय रुपैयाँमा कारोबार भएको सुनको भाउ त्यसयता रेकर्ड बनाउँदै महिनाको अन्तिम दिन गएको शुक्रबार तोलाको ७१ हजार ५ सय रुपैयाँ पुगेको हो । 

अन्तिम अपडेट: भदौ २१, २०७६

तपाईको प्रतिक्रिया