बाेक्सी भन्दै महिलालाई मलमुत्र खुवाएको आरोपमा महोत्तरीमा २ जना पक्राउ

 भदौ १, २०७६ आइतबार १९:२:५ | धनवीर महतो
unn.prixa.net

महोत्तरी - बाेक्सीको आरोप लगाउँदै एउटी महिलालाई मलमुत्र खुवाएको आरोपमा महाेत्तरी प्रहरीले २ जनालाई पक्राउ गरेकाे छ ।

आइतबार जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले भंगहा नगरपालिका-४, रामनगरकी ३० वर्षीया इन्दुदेवी दनुवार र सकेश्वरीदेवी दनुवारलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।

पक्राउ परेकाहरुले स्थानीय ३५ वर्षीया चन्दादेवी दनुवारलाई बाेक्सीको आरोप लगाएर कुटपिट गरेको भन्दै उनीहरुलाई घरबाटै पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी नायब उपरीक्षक माधवप्रसाद बुढाथोकीले बताउनुभयाे ।

पक्राउ परेकाहरुमाथि थप अनुसन्धानको लागि जिल्ला अदालत महोत्तरीबाट म्याद थप गराइएको छ।

 

अन्तिम अपडेट: बैशाख १३, २०८१

धनवीर महतो

धनवीर महतो महोत्तरीकाे उज्यालो सहकर्मी हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया