सहकारी प्रकरणमा मुछिएका दीपेश पुन धराैटी बुझाएर रिहा
बैशाख १४, २०८१ शुक्रबार
रसुवा – आइतबार राति आएको बाढीले रसुवास्थित भोटेकोशी नदीको बेलिब्रिज बगाएको छ । बाढीले रसुवागढी भन्सार कार्यालयबाट रसुवागढी जलविद्युत् आयोजना जाने बेलिब्रिज बगाएको हो ।
बाढीले रसुवागढी जलविद्युत् आयोजनामा पनि क्षति पुर्याएको छ ।
भोटेकोशी नदीमा बाढी आएपछि उत्तरगया गाउँपालिका–१, मैलुङ तथा वडा नम्बर ५ खाल्टे बगर क्षेत्रका स्थानीयलाई राति नै सुरक्षित स्थानमा सारिएको छ ।
भोटेकोशीमा पानीको वहाव बढेपछि रसुवागढी जलविद्युत आयोजनामा कार्यरत ४५ जनाभन्दा बढी कर्मचारी ‘आयोजना क्याम्प’ छोडेर राति नै बाहिरिएका थिए ।