सहकारी प्रकरणमा मुछिएका दीपेश पुन धराैटी बुझाएर रिहा
बैशाख १४, २०८१ शुक्रबार
काठमाण्डौ – देशकै ठूलो अटोमोबाइल मेला नाडा अटो शो ८१ हजार जनाले अवलोकन गरेका छन् । अटोमोबाइल एसोसिएसन अफ नेपाल (नाडा)को आयोजनामा भदौ १० देखि सुरु भएको १४औं संकरणको नाडा अटो शो–२०१९ आइतबार सकिएको हो ।
६ दिनसम्म चलेको अटो शो झण्डै ८१ हजार जनाले अवलोकन गरेको नाडाले जनाएको छ । मेलामा अवलोकन कर्तामध्येबाट टिकट नम्बर ०१२३३१ ले गोलाप्रथामार्फत् जीपीएक्स जेन्टलम्यान ब्राण्डको बाइक उपहार जितेको छ ।
मेलामा चार पांग्रे सवारीको उत्कृष्ट स्टलको अवार्ड टायोटाले, २ पांग्रेको हंसराज हुलासचन्द केटीएम बाइकले र सपोर्टिङ स्टलको अवार्ड लक्ष्मी ल्युब आयल टोटलले पाएको छ ।
१ सय ६० स्टलसहित ९५ ब्रान्डका सवारी साधनको सहभागिता थियो । मेलमा चारपांग्रे सवारीसाधनका ब्रान्डका २३ वटा, दुईपांग्रे सवारीसाधनका ब्रान्ड १९, टायरका ब्रान्ड नौ, ब्याट्रीका ब्रान्ड पाँच, पार्टपुर्जाका ब्रान्ड १४ र वित्तीय संस्थाका १३ स्टल राखिएका थिए ।
यसपटकको मेलामा हुन्डाईको लागि नेपालको आधिकरिक बिक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टलले नेपालमा हुन्डाईको नयाँ मोडल हुन्डाई भेन्यू मेलाको आकर्षण बनेको थियो । त्यस्तै टोयोटा (याभफोर हाइब्रिड, मारुती सुजुकी एक्सएल ६, महिन्द्रा एक्सयूभी ३००, टाटा एच ५ र जीप कम्पास ट्रायलहकले पनि आकर्षण थपेका थिए । सरकारले विद्युतीय कारमा प्रोत्साहन गरेकाले मेलामा विद्युतीय सवारीमा अवलोकनकर्ताको आकर्षण देखिएको थियो ।
त्यस्तै दुई पाङग्रेमा हिरो, होन्डा, बजाज, टिभिएस, सुजुकी, यामाहा, केटियम, रोयल इन्फिल्डलका मोटरबाइकमा अवलोकनकर्ताको भीड देखियो ।
सवारीसाधन किन्ने योजनामा रहेका र सोच बनाएका ग्राहकलाई लक्षित गरिएको मेला नाडा अटोमोबाइल्स एसोसियसन अफ नेपालले बर्सेनि आयोजना गर्दै आएको छ । यसपल्टको मेलामा विद्युतीय र हाइब्रिड गाडीमा बढी आकर्षण देखिएको थियो ।