सहकारी प्रकरणमा मुछिएका दीपेश पुन धराैटी बुझाएर रिहा
बैशाख १४, २०८१ शुक्रबार
नवलपरासी – पूर्व नवलपुरको बौदीकाली गाउँपालिका –५, का कार्यवाहक वडा अध्यक्षको निधन भएको छ । बौदीकाली गाउँपालिका –५ बबोक घर भएका कार्यवाहक वडा अध्यक्ष कुल सिं रानाको आइतबार राति निधन भएको हो ।
उच्च रक्तचापका कारण कार्यवाहक वडाध्यक्ष रानाको निधन भएको छिमेकी बलबहादुर अस्लामीले बताउनुभयो । ६८ वर्षीय रानाको उपचारको क्रममा भरतपुरमा निधन भएको हो ।
बौदीकाली –५ मा वडा सदस्यमा निर्वाचित हुनुभएका राना वडा अध्यक्षको निधन पश्चात् कार्यवाहक वडाध्यक्षका रुपमा काम गर्दै आउनु भएको थियो ।
गएको वर्ष वर्षीय वडा अध्यक्ष दलबहादुर खरु मगरको समेत उच्च रक्तचापका कारण निधन भएको थियो । वडा अध्यक्षको निधनपछि उहाँले कार्यवाहकका रुपमा वडाध्यक्षको जिम्मेवारी सम्हाल्दै आउनु भएको थियो ।