वैदेशिक रोजगारमा जाने श्रमिकलाई टिकटमै अत्यावश्यक सुविधाको व्...
बैशाख १४, २०८१ शुक्रबार
काठमाण्डौ – बीपी राजमार्गको विभिन्न ठाउँमा ढुंगामाटोसहितको लेदोे खसेपछि बाटो अवरुद्ध भएको छ । काभ्रेको रोशी गाउँपालिकाको नार्के, माङ्पी, साङ, फेदी लगायतका खहरे खोलाबाट ढुंगामाटोसहितको लेदोे बाटोमा खसेपछि गाडी चल्न नसकेको हो ।
यस्तै पशुपति रोडा ढुंगा उद्योग अन्तर्गत मनकामना उद्योगबाट आएको ढुंगा माटो मिसिएको लेदो बाटोमा खसेपछि रोशी गाउँपालिका वडा नम्बर–९ मंगलटारबाट पूर्वपट्टि गाडी चल्न नसकेको रोशी गाउँपालिकाका अध्यक्ष डिबी लामाले बताउनुभयो ।
अहिले बाटोमा खसेको लेदो हटाउने प्रयास भैरहेको उहाँले बताउनुभयो । गाडी नचल्दा पूर्वका लागि छुटेका र पूर्वबाट काठमाण्डौका लागि छुटेका गाडी बीच बाटोमै रोकिएका छन् । यस्तै, अरनिको राजमार्गको ५२ किलोमा लेदो खसेपछि मेलम्ची जाने बाटो पनि बन्द भएको छ ।