वैदेशिक रोजगारमा जाने श्रमिकलाई टिकटमै अत्यावश्यक सुविधाको व्...
बैशाख १४, २०८१ शुक्रबार
काठमाण्डौ – प्रमुख प्रतिपक्षी दलका नेता एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकारले प्रहरी र सरकारी कर्मचारीलाई आफ्ना कार्यकर्ता जस्तो बनाएको आरोप लगाउनु भएको छ ।
प्रतिनिधिसभाको चौथो अधिवेशनको अन्तिम दिन सम्बोधन गर्दै देउवाले सरकारले नागरिकको जीउधन र उसको अधिकारको रक्षा गर्नु पर्नेमा राज्य आतंक मच्चाउन खोजेको बताउनुभयो । यस्तो कार्य आफूहरुलाई सैह्य नहुने उहाँले चेतावनी दिनु भएकोे छ ।
उहाँले देशका विभिन्न भागमा सत्तारुढ दलकै व्यक्तिहरुले नेपाली कांग्रेसका कार्यकर्ता र सामान्य नागरिकमाथि पनि दमन गरिरहेको भन्दै आक्रोश पोख्नुभयो । सरकारले प्रहरीलाई पनि आफ्नै कार्यकर्ता जस्तो परिचालन गरेको भन्दै सरकारले प्रहरी र कर्मचारीलाई कुनै पनि पार्टीको कार्यकर्ता बनाउनु क्षम्य नहुने बताउनुभयो ।
प्रहरी नागरिकले नै तिरेको करबाट पालिने भएकाले उसले नागरिकको जीउज्यानको सुरक्षाका लागि लाग्न गम्भीर रहन पनि आग्रह गर्नुभयो । ‘नागरिकले दिएको करबाट तलब खाने, सुविधा लिने अनि कुनै पार्टीको कार्यकर्ता जस्तो काम गर्ने ?’, देउवाले प्रश्न पनि गर्नुभयो ।
प्रहरीलाई कुनै पनि पार्टीले तलब नदिएको भन्दै उहाँले प्रहरी कुनै पार्टीको कार्यकर्ता बन्न नहुने र उसको काम समग्र नागरिकको रक्षा गर्ने हुनु पर्ने बताउनुभयो ।