रुकुम पश्चिम : बालिका बलात्कारकाे आरोपमा एक जना पक्राउ

 असोज ३, २०७६ शुक्रबार १४:१६:२७ | राजु लामिछाने
unn.prixa.net

रुकुम पश्चिम - एक बालिकालाई बलात्कारको प्रयास गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ । सानीभेरी गाउँपालिका–१ सोताटोलका ४५ वर्षीय गंगे भन्ने गंगाराम पुनलाई प्रहरीले पक्राउ गरेको बताएको छ । 

प्रहरीका अनुसार गएकाे भदौ २८ गते बेलुकी ७ बजे अभिभावक नभएको मौका छोपी १४  वर्षीया एक बालिकालाई बलात्कारको प्रयास गरेका पुनलाई असोज १ गते पक्राउ गरेको हाे ।

जबरजस्ती करणी गर्न प्रयास गरेपछि बालिका भाग्न सफल भएकी थिइन् । पुनविरुद्ध बालिकाका आफन्तले असोज १ गते प्रहरीमा उजुरी दिएका थिए ।

उजुरी दिएको २४ घण्टामै पुनलाई पक्राउ गरिएको जिल्ला प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक सुमित खड्काले बताउनुभयो । लुकिछिपी बसेको अवस्थामा पक्राउ परेका पुनविरुद्ध जबरजस्ती करणी उद्योगमा मुद्दा चलाइएको छ ।

अन्तिम अपडेट: चैत ६, २०८०

राजु लामिछाने

राजु लामिछाने रुकुमका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया