जर्मन बुण्डेस लिगा : कोलोगेनमाथि बायर्न म्युनिखको फराकिलो जित

 असोज ५, २०७६ आइतबार ७:३६:५३ | उज्यालो सहकर्मी
unn.prixa.net

जर्मन बुण्डेस लिगामा बायर्न म्युनिखले फराकिलो जित निकालेको छ । शनिबार भएको खेलमा म्युनिखले कोलोगेनलाई ४–०ले पराजित गरेको हो । 

सुरुदेखि आक्रामक फुटबल खेलेको बायनले तेस्रो मिनेटमै गोल थपेको थियो । बायर्नको जितमा रोबर्ट लेवान्डोस्कीले २ तथा फिलिप काउटिन्हो र इभान पेरेसिसले एक–एक गोल गरेका थिए ।

तेस्रो मिनेटमै लेवान्डोस्कीले गोल गरी सुरुवाती अग्रता दिलाएका थिए । पहिलो हाफमा १ गोल गरेको बायर्नले दोस्रो हाफमा थप तीन गोल गरेको थियो ।

४८ औं मिनेटमा लेवान्डोस्कीले व्यक्तिगत दोस्रो गोल गर्दा बायर्नले २–० को अग्रता बनायो । फिलिप काउटिन्होले ६२ औं मिनेटमा पेनाल्टीमार्फत टिमका लागि तेस्रो गोल गरेका थिए ।

७३ औं मिनेटमा पेरिसिसले गोल गर्दै फराकिलो जित दिलाए । जितसँगै बायर्न ११ अंकका साथ शीर्ष स्थानमा उक्लिएको छ । 

यसैगरी, बायर लिभर कुसेनले युनियन बर्लिनलाई २–० ले पराजित गर्दा हर्थ बीएसीले पेडरबर्नलाई २–१ ले निराश बनाएको थियो । यस्तै, फेरिबर्ग र अक्सबर्गले भने एक–एक गोलको बराबरी खेलेका थिए ।

अन्तिम अपडेट: बैशाख २५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया