च्याम्पियन्स लिग : पीएसजीले जित निकाल्दा बराबरीमै रोकियो रियल मड्रिड

 असोज १५, २०७६ बुधबार ७:१०:१ | उज्यालो सहकर्मी
unn.prixa.net

च्याम्पियन्स लिग अन्तर्गत मंगलबार राति भएको खेलमा रियल मड्रिडले बराबरीमा चित्त बुझाउँदा पीएसजी विजयी भयो ।

रियलले क्लब ब्रुगविरुद्ध २ गोलले पछि परेको अवस्थामा खेलमा बराबरी गरेको हो । खेलको ९ मिनेटमा नै डेनिसको गोलमा ब्रुगले अग्रता बनायो । ३९ औं मिनेटमा फेरि उनले नै गोल गर्दै रियलविरुद्ध २–० ले अगाडि राखे ।

पहिलो हाफमा २ गोलले पछि परेको रियल दोस्रो हाफमा खेलमा फर्कन सफल भयो । ५५ औं मिनेटमा डिफेन्डर सर्जियो रामोसले गोल गर्दै अन्तर कम गरे ।

८४ औं मिनेटमा भोरभेरको दोहोरो पहेलो कार्ड पाउँदै मैदानबाट बाहिरिएपछि बेल्जियन क्लब १० खेलाडीमा झर्न पुग्यो । त्यसको फाइदा उठाउँदै रियलले ८५ औं मिनेटमा खेल बराबरी गर्न सफल भयो । उसका लागि कासेमेरोले गोल गरे । जसका कारण रियलले गुमाइसकेको अंक बचाउन सफल भयो ।

यस्तै, अर्को खेलमा पीएसजीले गालातासेरेमाथि १–० को झिनो जित निकाल्यो ।

पहिलो हाफ गोलरहित बराबरी भएको खेलेको ५२ औं मिनेटमा इकार्डीले गोल गर्दै पीएसजीलाई अग्रता दिलाए । जुन गोल उसलाई तीन अंक दिलाउन पर्याप्त बन्यो ।

अन्तिम अपडेट: बैशाख १४, २०८१

तपाईको प्रतिक्रिया