सहकारी प्रकरणमा मुछिएका दीपेश पुन धराैटी बुझाएर रिहा
बैशाख १४, २०८१ शुक्रबार
काठमाण्डौ - चिनियाँ राष्ट्रपति सी जिनपिङले चीनको सहयोगमा केरुङ काठमाण्डौ सुरुङ मार्गसम्बन्धी परियोजना अघि बढ्ने संकेत गर्नुभएको छ ।
उहाँले नेपाल अब भूपरिवेष्ठित देशबाट भूजडित देश हुने भनेर घोषणा गर्नुभएसँगै यो परियोजना अघि बढ्ने संकेत देखिएको हो ।
चिनियाँ राष्ट्रपति सी चिनफिङको सम्मानमा राष्ट्रपति विद्यादेवी भण्डारीले आयोजना गरेको राजकीय रात्रिभोजमा सम्बोधन गर्दै उहाँले चीन र नेपालबीच कुनै समस्या नरहेको र मित्रता मात्र रहेको पनि बताउनुभयो ।
यस्तै उहाँले नेपाल भ्रमण वर्ष २०२० मा चिनियाँ पर्यटकलाई नेपाल घुम्न उत्प्रेरित गर्ने पनि बताउनुभयो । सोल्टी होटलमा आयोजित रात्रिभोजमा सुरुमा राष्ट्रपति भण्डारीले स्वागत मन्तव्य दिनुभएको थियो ।
त्यसपछि सम्बोधन सुरु गर्नुभएका चिनियाँ राष्ट्रपति सीले ‘नमस्ते’ भनेर सम्बोधन सुरु गर्नुभएको थियो ।