सहकारी प्रकरणमा मुछिएका दीपेश पुन धराैटी बुझाएर रिहा
बैशाख १४, २०८१ शुक्रबार
आइतबार राति फ्रान्सले दोस्रो पटक विश्वकप फुटबलको उपाधि जित्यो । मस्कोमा भएको फाइनल खेलमा क्रोएसियालाई ४–२ ले हराउँदै फ्रान्सले २० वर्षपछि विश्वकपको उपाधि उचाल्यो ।
फाइनलमा हारे पनि क्रोएसियाको अहिले निकै चर्चा र प्रशंसा भैरहेको छ । ५० लाखभन्दा कम जनसंख्या भएको क्रोएसिया पहिलो पटक विश्वकपको फाइनल पुगेको थियो । क्रोएसियाले यस पटकको विश्वकपमा उत्कृष्ट खेल पस्किएको थियो । यसै सन्दर्भमा भारतीय क्रिकेटर हरभजन सिंहले भारतीय राजनीति प्रति व्यङ्ग्य गर्दै लेखेको ट्वीट यतिबेला निकै भाइरल भैरहेको छ ।
हरभजन सिंह लेख्छन्, ‘झण्डै ५० लाख जनसंख्या भएको क्रोएसिया विश्वकप फुटबलको फाइनल खेल्छ । अनि हामी एक अर्ब ३५ करोड जनसंख्या भएका मान्छे चाहिँ हिन्दू–मुसलमान खेल्छौँ । सोच बदल्नुहोस्, देश बदलिनेछ ।’
लगभग 50 लाख की आबादी वाला देश क्रोएशिया फ़ुटबॉल वर्ल्ड कप का फाइनल खेलेगा
— Harbhajan Turbanator (@harbhajan_singh) 15 July 2018
और हम 135 करोड़ लोग हिंदू मुसलमान खेल रहे है।#soch bdlo desh bdlega
हरभजन सिंहको यो ट्वीटलाई धेरैले रिट्वीट गरेका छन् । केही समय यता भारतको आन्तरिक एकता कमजोर हुँदै गएको छ । भारतको हरेक कुनामा साम्प्रदायिक हिंसा भड्किरहेको समाचार सार्वजनिक भैरहेका छन् ।