बागलुङमा जीप दुर्घटना, १४ जनाको ज्यान गयो

 मंसिर १७, २०७६ मंगलबार ११:२२:२१ | उज्यालो सहकर्मी
unn.prixa.net

बागलुङ  – बागलुङको बडिगाडमा जीप दुर्घटना हुँदा १४ जनाको ज्यान गएको छ । 

गुल्मी इश्मा गाउँपालिकाको कैयापाटाबाट बागलुङको निसीखोला गाउँपालिकाका लागि छुटेको ग१ज ५२१९ नम्बरको जीप बडिगाड गाउँपालिका वडा नम्बर ७ भिमगिठेको घोकर्णामा दुर्घटना हुँदा १४ जनाको ज्यान गएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

केही हराइरहेका छन् । दुर्घटनामा घाइते भएका तीन जनालाई स्थानीयबासिन्दा र प्रहरीले उद्धार गरी स्वास्थ्यसंस्थातर्फ पठाएका छन् ।

दुर्घटनामा परेका सबै निसीखोलामा कुलपूजाका लागि जाँदै गरेको बुझिए पनि ज्यान गुमाउनेको परिचय खुलिनसकेको प्रहरीले जनाएको छ । जीपमा कति जना सवार थिए भन्ने एकिन हुन सकेको छैन ।  घटनाको थप विवरण आउन बाँकी छ ।

अन्तिम अपडेट: बैशाख १३, २०८१

तपाईको प्रतिक्रिया