मन्थली बजार डुब्ने हल्लाले स्थानीय बासिन्दा चिन्तित

 मंसिर १८, २०७६ बुधबार १७:३१:३ | दीपक भट्ट
unn.prixa.net

रामेछाप – रामेछाप सदरमुकाम मन्थलीका अधिकांश क्षेत्र डुबानमा पर्ने हल्लाले तामाकोशी नदी किनार आसपास र सदरमुकाममा बासिन्दा चिन्तित बनेका छन् । 

मन्थली क्षेत्रमा सुनकोशी २ जलविद्युत आयोजना निमार्णका लागि विद्युत विकास विभागमार्फत वातावरणीय प्रभाव मूल्याकंनका लागि क्षेत्र निर्धारणको सूचना टाँस गरेपछि रामेछापको तामाकोशी र सुनकोशी नदी किनारमा बस्ने नागरिक अनिदो बस्न थालेका छन् ।

वर्षौँदेखि बसोबास गर्दै आएको ठाउँ र करोडौंको आफ्नो जग्गासमेत डुबानमा पर्ने भएपछि स्थानीय नागरिक अन्यौल र त्रासमा रहेको  मन्थली नगरपालिका वडा नम्बर १ का बोधकुमार रोका बताउनुहुन्छ । उहाँले भन्नुभयो, ‘आफू बस्दै आएको सबै जमिन डुबान हुने भन्ने हल्लाले कोशी आसपास मात्रै हैन सदरमुकाममा घर घडेरी किन्नेको समेत रातमा निद्रा हराएको छ ।’

सिन्धुली र रामेछाप जिल्लाको सीमा नदी सुनकोशीको चाकुटारमा १ सय ६१ मिटर अग्लो बाँध बनाएर पानी जमाउँदा समुन्द्र सतहबाट झण्डै ६ सय मिटर अग्लोसम्मका भूभाग डुबानमा पर्ने र आयोजनाबाट १ हजार १ सय ५० मेगावट विद्युत उत्पादन हुने अनुमान गरिएको छ । 

जलासययुक्त सुनकोशी जलविद्युत आयोजना निर्माण हुँदा सुनकोशीतर्फ बीपी राजमार्ग, मध्यपहाडी राजमार्गलगाउतका राष्ट्रिय पूर्वाधार डुबानमा पर्ने छन् भने मन्थली विमानस्थल, जिल्लाका सरकारी कार्यालय, सडक, खानेपानी र सिंचाइका पूर्वाधारसमेत डुबानमा पर्ने भएका छन् ।

राष्ट्रिय गौरवको आयोजन ाबन्नु राम्रो कुरा भए पनि सुनकोशी र तामाकोशी नदी किनारमा वर्षौँदेखि बस्दै आएका माझी बस्ती नै उठाएर आयोजना निमार्ण गर्नु भन्ने कुरा त्यति सहज नभएको प्रदेश सांसद रिता माझी बताउनुहुन्छ । उहाँले भन्नुभयो, ‘आयोजना निर्माण गर्दा जिल्ला सदरमुकाम, निमार्ण भएका संरचना र वस्तीहरु हटाउन त्यति सहज   छैन् । यदि बस्तीहरु हटाउँदा आफ्नो धर्म, संस्कृति सक्किने भएकाले पुरै बस्ती हटाउन त्यति सहज हुँदैन ।’

आयोजनाबाट मन्थली नगरपालिकाको वडा नम्बर १, २,६,७,८ र ११ डुबानमा पर्ने छ । आयोजना बन्ने र सदरमुकामसमेत डुबानमा पर्ने हल्ला चलेसँगै अहिले सदरमुकामलगायत नदीआसपासका जग्गा किनबेचसमेत ठप्प भएको छ । जग्गाको किनबेच बन्द भएसँगै बैंकहरुले ऋण प्रवाह र घर निमार्ण र सरकारी कार्यालयबाट भइरहेका योजना निमार्णका कामहरु समेत प्रभावित भएका छन् । 

अन्तिम अपडेट: बैशाख २१, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

दीपक भट्ट

दीपक भट्ट उज्यालोका रामेछाप सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया