१३औँ साग : भारोत्तलनमा विकासलाई स्वर्ण, नेपालको स्वर्ण ४० पुग्यो

 मंसिर २०, २०७६ शुक्रबार १७:२५:२० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – १३ औँ दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत भारोत्तोलनमा नेपालले दोस्रो स्वर्ण जितेको छ । नेपालका लागि विकास थापाले स्वर्ण जिते । 

पोखरामा भएको प्रतिस्पर्धामा नेपालका विकासले ८९ केजी तौल समूहमा स्वर्ण पदक जितेका हुन् ।

उनले स्न्याचमा १२३ केजी र क्लिन एण्ड जर्कमा १४० केजी तौल उठाएका थिए । उनले कुल २६९ केजी तौल भारवहन गरे । योसँगै जारी सागमा नेपालको स्वर्णपदक ४० पुगेको छ ।

विकाशले दोस्रो भएका बंगलादेशका खेलाडीभन्दा मात्र एक केजी बढी तौल उचालेर स्वर्ण जिते ।

दोस्रो स्थानमा रहेका बंगलादेशले स्न्याचमा १२३ केजी र क्लिन एण्ड जर्कमा १४५ केजी गर्दै कुल २६८ केजी तौल भारवहन गरे । 

अन्तिम अपडेट: चैत २, २०८०

तपाईको प्रतिक्रिया