नारायणीमा मिनी पानीजहाजकाे सफल परीक्षण (भिडियाेसहित)

 पुस ७, २०७६ सोमबार १४:२३:४४ | राधेश्याम खतिवडा

चितवन – चितवनमा बनिरहेको मिनी पानीजहाज (क्रुज सिप) को नारायणी नदीमा सफल परीक्षण गरिएको छ ।

नारायणी नदी किनारमा पर्ने काभ्रेघाटमा बनिरहेको ‘क्रुज सिप’लाई नदीमा चलाएर परीक्षण गरिएको हाे । भरतपुर महानगरपालिका १६ काे ज्ञानेश्वर सामुदायिक वनको काप्रेघाटमा लामो समय लगाएर बनाइएको ‘मिनी पानीजहाज’को आइतबार दिउँसो गरिएको परीक्षण सफल भएको बताइएको छ ।

क्रुज बनाइएको ठाउँबाट एक किलोमिटरसम्म परीक्षण गरिएको हो । एक सय फिट लम्बाइ र २५ फिट चौडाइको मिनी पानीजहाजको निर्माण गएकाे वर्ष चैतबाट थालिएको थियो । निर्माण पूरा भइसक्दा यसको लागत १५ करोड रुपैयाँ पुग्ने अनुमान गरिएको छ ।

नर्वेजियन प्रविधि प्रयोग गरेर बनिरहेकाे क्रुज सिपमा भारतका प्राविधिकले काम गरिरहेका छन् । क्रुजमा दुई वटा इञ्जिन छन् । क्रुजको तल्लो भागमा कुनै कारणले प्वाल परेर वा क्षति भएर पानी पसेमा सबै भागमा पानी नजाने गरी डिजाइन गरिएको छ ।

क्रुज सिपमा अहिले विदेशी १५ जना चालक दलका सदस्य र प्राविधिक रहे पनि पछि नेपाली प्राविधिकहरुले नै यसलाई चलाउने योजना बनाइएको छ । क्रुजको पहिलो तलामा ९० र दोस्रो तलामा १०० जना मानिस अट्ने क्षमता छ । 

अन्तिम अपडेट: बैशाख २३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

राधेश्याम खतिवडा

राधेश्याम खतिवडा उज्यालोका चितवन सहकर्मी र नेपाल पत्रकार महासंघ चितवन शाखाका पूर्व अध्यक्ष हुनुहुन्छ । 

1 Comments

  • krishna khadka

    Dec. 23, 2019, 2:53 p.m.

    याे पानी जहाजकाे बिचरण क्षेत्र कति हाे ? यसबाट कति र कहाँका जनतालाई यातायात सुविधा प्राप्त गर्छन । याे जहाज कति पानिमा चल्न सक्छ ?

  •  0 Reply

तपाईको प्रतिक्रिया