सहकारी प्रकरणमा मुछिएका दीपेश पुन धराैटी बुझाएर रिहा
बैशाख १४, २०८१ शुक्रबार
पाल्पा – अभिनेता राजेश हमालले युवाहरु रोजगारीका लागी बिदेसिँदा सामाजिक विकृति बढेको बताएका छन् ।
युवाहरुलाई देशमै रोजगारी दिनुपर्नेमा जोड दिँदै हमालले दुई चार पैसा कमाउनकै लागि विदेश जानुपर्ने बाध्यताले परिवारमा समेत फाटो आएको स्पष्ट पारे ।
शनिबार आफू जन्मिएको जिल्ला पाल्पामा आयोजित प्रथम दर्लम पर्यटन तथा सांस्कृतिक महोत्सवका अवसरमा अभिनेता हमालले स्वदेशमै रोजगारी सिर्जना गरिनुपर्नेमा जोड दिए ।
महोत्सव कार्यक्रममा नेपाली चलचित्रमा महत्वपूर्ण योगदान दिएको भन्दै अभिनेता हमाललाई सम्मान पनि गरिएको थियो ।
साथै कार्यक्रममा पाल्पामा जन्मिएर विशिष्ट स्थानमा पुग्न सफल मन्त्रिपरिषद्का पूर्व अध्यक्ष खिलराज रेग्मी, डा. भगवान कोइराला, राष्ट्रिय अनुसन्धान विभागका प्रमुख गणेश अधिकारी, पूर्व प्रहरी प्रमुख कुबेर सिंह राना लगायतलाई सम्मान गरिएको थियो ।
पाल्पाका उज्यालो सहकर्मी देव पचभैया श्रीनगर एफएममा पनि कार्यरत हुनुहुन्छ ।