सहकारी प्रकरणमा मुछिएका दीपेश पुन धराैटी बुझाएर रिहा
बैशाख १४, २०८१ शुक्रबार
काठमाण्डौ - मंगलबार बसेकाे प्रतिनिधि सभा बैठकमा सांसदरुले कोरोना भाइरसले आक्रान्त बनेको दक्षिण कोरियामा रहेका नेपालीको अवस्थाबारे जानकारी गराउन सरकारसमक्ष माग गरेका छन् ।
चीनबाट उत्पन्न भएर विश्वव्यापी फैलिएको कोभिड-१९ ले काेरियामा समेत असर पारेको भन्दै सांसदहरुले सरकारकाे ध्यानाकर्षण गराएका हुन् ।
नेकपाका धर्मशिला चापागाईंले कोरियाका नेपालीलाई तत्काल उद्धारका लागि पहल गर्न माग गर्नुभयो । उहाँले भाइरस फैलन नदिन सरकारका तर्फबाट तत्काल विशेष पहल गरिनुपर्नेमा पनि जोड दिनुभयो ।
यस्तै नेपाली कांग्रेसकी पुष्पा भुसालले भाइरस नियन्त्रणका लागि देशको एक मात्र अन्तरराष्ट्रिय विमानस्थलमा कुनै संयन्त्र स्थापना नगरिएकामा गुनासो गर्नुभयो।
उहाँले रोगको पहिचान र क्वारेन्टाइन केन्द्र निर्माण गर्नेतर्फ किन तदारुकता नदेखाइएको भनी प्रश्न गर्नुभयो । सांसद भुसालले पछिल्ला दिनमा कोरियामासमेत कोरोना भाइरसको सङ्क्रमण फैलिएकाले त्यहाँका नेपालीको उद्धार गर्न सरकारको ध्यानाकर्षण गराउनुभयो ।