अवैध मदिराको आपूर्ति र बिक्रीमा संलग्न ७ जना पक्राउ

 चैत १, २०७६ शनिबार १९:१३:७ | सुभाष कर्ण
unn.prixa.net

धनुषा - अवैध घरेलु मदिरा सेवनले दर्जनभन्दा बढीको ज्यान गएको घटनामा प्रहरीले मदिरा आपूर्तिकर्तासहित ७ जनालाई पक्राउ गरेको छ । धनुषा प्रहरीले महोत्तरी जिल्ला, भंगहा नगरपालिका- ३ सखरी टोलका आपूर्तिकर्ता जगतनारायण मण्डलसहितका व्यक्तिलाई पक्राउ गरेको छ ।

अन्य पक्राउ पर्नेमा मदिरा बिक्रेताहरु धनुषाको लक्ष्मिनियाँ गाउँपालिका– ६ बगेवाका नवीन यादव, घुरन यादव, रमदैयाकी तारापट्टीवाली भनिने छठिया देवी, जयकुमार यादव, रामनन्दन साह र जनकपुरधाम उपमहानगरपालिका– १४ रजौलका शितल देवी यादव रहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

महोत्तरीको भंगहामा निर्मित अवैध घरेलु मदिरा जगतनारायणमार्फत विभिन्न ठाउँका साथै रमदैयामा समेत लुकिछिपी बिक्री हुँदै आएको थियो । भंगहामा निर्मित मदिरा ‘ब्राण्डेड’ मदिरा कम्पनीको बोतलमा अवैध घरेलु मदिरा प्याक गरेर बिक्री गरिदै आएको थियो ।

प्रहरीका अनुसार अवैध घरेलु मदिरा सेवनले एक साताभित्र धनुषाको क्षिरेश्वरनाथ नगरपालिका १ र २ को रमदैयामा हालसम्म ८ जनाको ज्यान गएको छ भने ६ जना अस्पतालमा सिकिस्त अवस्थामा छन् । 

तर स्थानीयका अनुसार रमदैयामा १२ र जनकपुरधाम ३ जना गरी जम्मा १५ जनाको ज्यान गएकाे छ । प्रहरीका अनुसार रमदैया १ का रामनारायण महरा, वडा नं. २ का ब्रम्हदेव यादव, रामविलास मण्डल, गुदरी महरा, राजु महरा, इन्द्रजीत महरा, शत्रुध्न मण्डल र श्रीदेव यादवले ज्यान गुमाएका छन् ।

त्यसैगरी रामईश्वर महरा, प्रदीप सदा, भरत मण्डल, मनिर नादाफ, भरत सदा र सीताराम यादवको उपचार भइरहेको छ । 

अन्तिम अपडेट: बैशाख १४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

सुभाष कर्ण

कर्ण उज्यालाेका धनुषा संवाददाता हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया