सहकारी प्रकरणमा मुछिएका दीपेश पुन धराैटी बुझाएर रिहा
बैशाख १४, २०८१ शुक्रबार
लमजुङ - लमजुङको दोर्दी गाउँपालिकाले २ सय बढी मजदूरलाई घर पठाएको छ ।
विभिन्न क्षेत्रबाट लमजुङमा आएर ज्याला मजदूरी गर्दै आएका र लकडाउनका कारण समस्यामा परेका २ सय ५३ मजदूरलाई गाउँपालिकाले गाडीको व्यवस्था गरी घर पठाएको गाउँपालिका उपाध्यक्ष दिलबहादुर घलेले जानकारी दिनुभयो ।
उहाँका अनुसार आइतबार मात्रै गाउँपालिकाले बाँके, बर्दिया, काठमाण्डौ, रुपन्देही, दोलखा, रौतहट, कैलाली, कन्चननपुर, भोजपुर, इलाम र हेटौंडाका गरी १ सय १३ जनालाई घर पठाइएको छ ।
गएको शुक्रबार गाउँपालिकाले १ सय ४० मजदूरलाई घर पठाइसकेको छ । अन्यत्रबाट यस क्षेत्रमा आई ज्याला मजदूरी गर्दै आएका, समस्यामा परेका र घर जान चाहेका अन्य मजदूरलाई पनि गाउँपालिकाले घर पठाउन सक्ने उहाँले बताउनुभयो ।
श्यामशितल परियार उज्यालोकाे लमजुङ र मनाङ जिल्ला सम्वाददाता हुनुहुन्छ ।
कृष्ण हरि घिमिरे
April 26, 2020, 7:18 p.m.दोर्दी गाउँ पालिका अध्यक्ष ओम बहादुर गुरुङ हुनुहुन्छ, दिल बहादुर घले होइन ।