कुवेतमा एकैदिन थप ११ नेपाली कोरोना सङ्क्रमित, खाडी र मलेसियामा सङ्क्रमित नेपालीको सङ्ख्या २९३ पुग्यो

 बैशाख १९, २०७७ शुक्रबार १९:५९:३५ | सन्जिता देवकोटा
unn.prixa.net

काठमाण्डौ – कुवेतमा शुक्रबार थप ११ जना नेपाली श्रमिकमा कोरोना सङ्क्रमण देखिएको छ । कुवेतका लागि नेपाली राजदूत दुर्गाप्रसाद भण्डारीका अनुसार शुक्रबार थप ११ जनासँगै कुवेतमा सङ्क्रमित नेपालीको सङ्ख्या ७५ पुगेको छ ।

सङ्क्रमित सबैको कुवेत सरकारले आफ्ना नागरिक सरह नै उपचार गरिरहेको राजदूत भण्डारीले बताउनुभयो । यसअघि कुवेतमा कोरोना सङ्क्रमित नेपालीको सङ्ख्या ६४ थियो ।

अहिलेसम्म कुवेतमा जम्मा १६०२ जना निको भएका छन् । तर निको हुनेको राष्ट्रियता नखुलाएकाले सङ्क्रमित नेपाली निको भए नभएको बारे जानकारी नहुँने राजदूत भण्डारीले बताउनुभयो ।

खाडीका देशमा मध्ये त्यहाँ रहेका नेपाली दूतावासका अनुसार अहिलेसम्म सबैभन्दा धेरै सङ्क्रमित नेपालीको सङ्ख्या बहराइनमा छ । बिहीबारसम्ममा बहराइनमा १५७ जना नेपाली श्रमिकमा कोरोना सङ्क्रमण पुष्टि भएको छ । 

यस्तै यूएईमा १२, साउदीमा ३१, कुवेतमा ७५, कतारमा १५, मलेसियामा ३ जना गरी खाडीका देश र मलेसियामा जम्मा २९३ जनामा सङ्क्रमण देखिएको छ । जसमध्ये साउदीमा ६, यूएईमा दुई र मलेसियामा दुई गरी १० जना निको भएर काममा फर्किएका छन् । यूएईमा दुई जना नेपालीको कोरोना सङ्क्रमणका कारण ज्यान गएको छ ।

 

अन्तिम अपडेट: बैशाख १४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

सन्जिता देवकोटा

उज्यालोमा कार्यरत सन्जिता देवकोटा वैदेशिक रोजगार र नेपाली महिलाका बिषयमा कलम चलाउनुहुन्छ ।  

तपाईको प्रतिक्रिया