सौराहा सुनसान हुँदा दैनिक ५५ लाख घाटा, होटलहरु दशैँअघि नखुल्ने

 बैशाख २५, २०७७ बिहिबार १३:५३:४२ | राधेश्याम खतिवडा
unn.prixa.net

चितवन - कोरोना भाइरसको त्रासले देशव्यापी लकडाउन भएपछि सौराहाको पर्यटन व्यवसायमा ठूलो असर पुगेको छ । प्रत्यक्ष र अप्रत्यक्ष गरी १० हजारभन्दा धेरैले रोजगारी पाएको सौराहा क्षेत्र यतिवेला सुनासान छ । होटल पर्यटकविहीन भएका छन् । 

सौराहाका होटलहरु दशैँअघि नखुल्ने भएका छन् । पारिवारिक स्तरबाट चलेका साना होटलहरु खुलेपनि व्यवसायिक होटलहरु दशैँमा मात्र खोल्ने तयारी गरिएको छ ।पर्यटकको चहलपहल सधैँ हुने सौराहाको राप्ती नदी किनार पनि सुनसान छ । क्षेत्रीय होटल सङ्घ सौराहाका अध्यक्ष दीपक भट्टराईले लकडाउनको कारण सौराहा क्षेत्र सुनसान हुँदा दैनिक ५५ लाख रुपैयाँ घाटा भइरहेको बताउनुभयो ।  

होटल खुले पनि पर्यटक नआउने भएकाले थप व्ययभार नहोस् भनेर होटल बन्द गर्ने विषयमा व्यवसायीहरु सहमत भएको अध्यक्ष भट्टराईले बताउनुभयो ।  ‘बीचमा राम्रो वातावरण भए केही समय खेल्न सकिएला,’ उहाँले भन्नुभयो ‘अहिलेको लागि हामी दशैँसम्म बन्द गर्ने विषयमा सहमत भएका छौँ ।’

अरु वेलामा पनि जेठको पहिलो सातादेखि भदौ अन्तिमसम्म पर्यटक नआउने समय भएकोले दशैँतिर होटल खोल्ने तयारी गरिएको छ । होटल व्यवसायीले चैत महिनासम्मको तलब दिएर कर्मचारीलाई बिदा दिएका छन् । 

सौराहामा पछिल्लो समय करोडौंको लगानीमा नयाँ ठूला होटलहरु थपिँदै गएका थिए । ठूला होटलबाहेक ४० रेस्टुरेन्ट, १ सयभन्दा बढी जीप, ४० टाङ्गा र ४८ वटा हात्तीमा संलग्न रहेका कामदारको सङ्ख्या १ हजारभन्दा बढी छ । 

स्वदेशी र विदेशी गरी मासिक ५० हजार पर्यटक सौराहा आउने गर्छन् । सौराहामा ६० प्रतिशत स्वदेशी र ४० प्रतिशन विदेशी पर्यटक आउने गर्दछन् । सौराहामा साना ठूला गरी एक सय ५० वटा होटल रहेका छन् । होटलमा पाँच हजार पाँच सय बेड क्षमता छ । व्यवसायीका अनुसार होटल, रेस्टुरेन्ट र लजलगायत आधा दर्जन संरचना निर्माणाधीन अवस्थामा छन् । 

अन्तिम अपडेट: बैशाख २४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

राधेश्याम खतिवडा

राधेश्याम खतिवडा उज्यालोका चितवन सहकर्मी र नेपाल पत्रकार महासंघ चितवन शाखाका पूर्व अध्यक्ष हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया