प्रदेश १ : कोरोना उपचारपछि निको भएर फर्किनेको सङ्ख्या १६ पुग्यो

 बैशाख २८, २०७७ आइतबार १६:५०:४४ | सुमन तिमल्सिना
unn.prixa.net

माेरङ – विराटनगरको कोरोना अस्पतालमा उपचार गराइरहेका थप दुई जना आज डिस्चार्ज भएर घर फर्किएका छन् । 

कोरोना विशेष अस्पताल (कोभिड-१९) उपचार केन्द्रमा उपचार गराइरहेका भोजपुर र झापाका एक/एक जना निको भएर घर फर्किएका सामाजिक विकासमन्त्री जीवन घिमिरेले जानकारी दिनुभयो । याेसँगै प्रदेश १ मा काेराेना उपचारपछि निकाे भएर घर फर्किनेकाे सङ्ख्या १६ पुगेको छ । 

विराटनगर अस्पतालमा उपचार गराइरहेका ३५ जनामध्ये १६ जना उपचारपछि निको भएर फर्किएसँगै अहिले १९ जनाकाे उपचार भइरहेकाे छ । 

प्रदेश १ मा हिजाे थप एक जनामा कोरोना पोजेटिभ पुष्टि भएको थियाे । उदयपुरको भुल्केमा एक महिलालाई कोरोना पुष्टि भएको हो । याेसँगै प्रदेश १ मा कोरोना सङ्क्रमितकाे सङ्ख्या ३५ पुगेको हाे ।

अन्तिम अपडेट: बैशाख १३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

सुमन तिमल्सिना

सुमन तिमल्सिना मोरङका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया