प्रदेश ५ मा रोल्पा बाहेक सबै जिल्लामा काेराेना सङ्क्रमण

 जेठ २३, २०७७ शुक्रबार १५:२०:१६ | माधवकुमार ओली
unn.prixa.net

रोल्पा – प्रदेश नम्बर ५ को १२ जिल्लामध्ये रोल्पा अहिलेसम्म काेराेना भइरसकाे सङ्क्रमणबाट मुक्त छ । राेल्पामा सङ्क्रमण नदेखिए पनि जोखिम उच्च भएकाेले सतर्कता भने अपनाइएको छ ।

भारत तथा तेस्रो देशबाट आउनेहरुलाई अनिवार्य क्वरेण्टीनमा राखिएको छ भने अधिकांशको आरडीटी परीक्षण गरिएको स्वास्थ्य कार्यालय रोल्पाका प्रमुख अनिल केसीले बताउनुभयो । केसीका अनुसार अहिलेसम्म जिल्लामा २० जनाको आरडीटी पोजेटिभ आएको र  दुई सय जनाको पीसीआर परिक्षणका लागि स्वाब सङ्कलन गरी राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान दाङ पठाइएको छ ।

भारत तथा तेस्रो देशबाट आउनेको सङ्ख्या पछिल्लो समयमा मात्रै झण्डै एक हजार पुगेकाले पीसीआर रिपोर्ट नआउँदासम्म केही भन्न सक्ने अवस्था नरहेको केसीले बताउनुभयो ।

यसैबीच रोल्पाको सुनिलस्मृति गाउँपालिकामा धेरै जनाको आरडीटी पोजेटिभ देखिएपछि गाउँपालिकाले क्वरेण्टीनमा बसेका सबैको पीसीआर परीक्षणकाे लागि स्वाब सङ्कलन गर्न थालेको छ । सङ्कलन गरिएकाे स्वाब परीक्षणकाे लागि दाङ पठाउँदा अत्यधिक चापकाे कारण रिपोर्ट ढिलो आउने भएकाेले नेपालगञ्ज पठाउने तयारी भएकाे छ ।

अन्तिम अपडेट: बैशाख २५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

माधवकुमार ओली

रोल्पाका पत्रकार माधवकुमार ओली उज्यालोका जिल्ला सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया