आज थप १०२ जनाले कोरोना जिते, डिस्चार्ज हुनेको सङ्ख्या ४६७ पुग्यो

 जेठ २५, २०७७ आइतबार १७:६:१४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – कोरोना सङ्क्रमितमध्ये पछिल्लो पटक एक सय दुई जना उपचारपछि निको भएर डिस्चार्ज भएका छन् । 

आइतबार एक सय जना पुरुष र २ जना महिला डिस्चार्ज भएकाे स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । योसँगै डिस्चार्ज हुनेको सङ्ख्या चार सय ६७ पुगेको छ । अहिलेसम्म तीन सय ९९ जना पुरुष र ६८ जना महिला उपचारपछि निको भएका छन् । 

स्वास्थ्य मन्त्रालयको तथ्याङ्क अनुसार प्रदेश एकमा ९१ जना,  प्रदेश २ मा एक सय ८६ जना, वाग्मती  प्रदेशमा ३२ जना, गण्डकी प्रदेशमा तीन ३ जना निको भएका छन् । यस्तै प्रदेश नम्बर ५ मा एक सय ३३ जना, कर्णाली प्रदेशमा ९ र सुदूरपश्चिम प्रदेशमा १३ जना उपचारपछि निको भएका छन् । 

आज दुई सय १३ जनामा काेराेना पुष्टि भएसँगै कुल सङ्क्रमितकाे सङ्ख्या तीन हजार चार सय ४८ पुगेकाे छ भने अहिलेसम्म १३ जनाकाे ज्यान गएकाे छ । 

अन्तिम अपडेट: बैशाख २१, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया