प्रहरी हिरासतमै झुण्डिएको अवस्थामा फेला परे युवक

 जेठ २८, २०७७ बुधबार १८:२६:२६ | सुभाष कर्ण
unn.prixa.net

धनुषा - धनुषाको ईलाका प्रहरी कार्यालय सबैलामा एक युवकको शव झुण्डिएको अवस्थामा फेला परेको छ ।

गएको जेठ १२ गते ट्रयाक्टर दुर्घटनामा एक जनाको मृत्यु भएको घटनामा पक्राउ परेका २३ वर्षीय शम्भु सदा प्रहरी हिरासतमै  झुण्डिएको अवस्थामा फेला परेका हुन् ।

घटनापश्चात यस क्षेत्रको अवस्था तनावग्रस्त बनेको छ । स्थानीयवासीले युवकलाई प्रहरीले मारेको आरोप लगाउँदै प्रदर्शनमा उत्रिएका छन् । स्थानीयवासीले ईलाका प्रहरी कार्यालय सबैलाको कार्यालयमाथि ढुङ्गामुढा गरेका छन् भने प्रहरीको भ्यानमा समेत तोडफोड गरेका छन् । उनीहरुले घटनाको छानबिन गरी दोषीमाथि कारबाही गर्न माग गरेका छन् ।

अवस्था तनावग्रस्त बन्दै गएपछि प्रहरीले केही राउण्ड हवाई फायर र लाठी चार्ज समेत गरेको थियो । यस क्षेत्रमा व्यापक रुपमा प्रहरी परिचालन गरिएको छ ।प्रहरीले हिरासतमा रहेका शम्भुले आत्महत्या गरेको दाबी गर्दै आएको छ । ट्रयाक्टर चालक रहेका शम्भु हिरासतको शौचालयभित्र राति साढे २ बजे मृत भेटिएको धनुषाका डीएसपी रामेश्वर कार्कीले जानकारी दिनुभएको छ ।

घटनाबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ । शवलाई पोस्टमार्टमको लागि प्रादेशिक अस्पताल जनकपुर पठाइएको छ ।
 

अन्तिम अपडेट: बैशाख १४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

सुभाष कर्ण

कर्ण उज्यालाेका धनुषा संवाददाता हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया