कर्णालीमा कोरोना सङ्क्रमितको सङ्ख्या ८४६ पुग्यो, एकैदिन २२ जना डिस्चार्ज

 जेठ ३०, २०७७ शुक्रबार १७:४७:२१ | मुना हमाल
unn.prixa.net

प्रतिकात्मक तस्बिर

सुर्खेत – कर्णाली प्रदेशमा कोरोना सङ्क्रमितको सङ्ख्या आठ सय नाघेकाे छ । शुक्रबार थप ८३ जनामा सङ्क्रमण देखिएसँगै कोरोना सङ्क्रमितको सङ्ख्या आठ सय ४६ पुगेको हो । शुुक्रबार कोरोना सङ्क्रमण पुष्टि हुनेमा सुर्खेत र दैलेखका छन् । 

प्रदेश अस्पताल र पशुपंक्षी रोग अन्वेषण प्रयोेगशाला सुर्खेतमा गरिएको परीक्षणमा सुर्खेतका ४५ र दैलेखका ३८ जनामा कोरोना सङ्क्रमण देखिएको सामाजिक विकास मन्त्रालय अर्न्तगत जनस्वास्थ्य सेवा महाशाखाले जानकारी दिएको छ ।  

यस्तै शुक्रबार थप २२ जना कोरोना सङ्क्रमित निको भएका छन् । दैलेखको नारायण नगरपालिकाका २२ जना कोरोना सङ्क्रमित निको भएर घर फर्किएका हुन् । योसँगै कर्णालीमा कोरोना सङ्क्रमणमुक्त हुनेको सङ्ख्या ८२ पुगेको छ  भने तीन जनाको ज्यान गएको छ । 

अन्तिम अपडेट: बैशाख २५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

मुना हमाल

मुना हमाल सुर्खेतका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया