युरोपेली देशले गरे ४० करोड डोज कोरोना खोप किन्ने सम्झौता

 जेठ ३२, २०७७ आइतबार १९:५५:३३ | एजेन्सी
unn.prixa.net

प्रतिकात्मक तस्बिर

काठमाण्डौ - युरोपेली देशहरुले कोरोना भाइरसको खोप तयार हुनासाथ ४० करोड डोज खोप आफूहरुले पाउने गरी एउटा औषधि उत्पादक कम्पनीसँग सम्झौता गरेका छन् ।

कोराना भाइरसविरुद्धको खोप उत्पादनको काम अन्तिम चरणमा पुर्याएको दाबी गरेको औषधि उत्पादक बहुराष्ट्रिय कम्पनी एस्ट्रजेनेकासँग युरोपेली देशहरुको प्रतिनिधि संस्था इन्क्लुसिभ भ्याक्सिन अलायन्सले सम्झौता गरेको हो । सम्झौता अनुसार कोरोना भाइरसको खोप तयार भएलगत्तै युरोपेली देशले ४० करोड डोज प्राप्त गर्ने छन् । 

जर्मनी, फ्रान्स, इटली र नेदरल्याण्डसको नेतृत्वमा रहेको अलायन्सले प्राप्त गर्ने खोप युरोपियन युनियनका देशहरुमा वितरण गर्ने बताइएको समाचार संस्था रोयटर्सले जनाएको छ ।

खोप आउँदो डिसेम्बरसम्म तयार भएर आपूर्ति सुरु हुने अपेक्षा रहेको उत्पादक कम्पनी एस्ट्रोजेनेकाले बताएको छ । तत्कालका लागि ४० करोड डोज खोपको लागि जर्मनी, फ्रान्स, इटली र नेदरल्याण्डसले पैसा दिने बताएका छन् ।

एस्ट्रजेनेकासँग अमेरिकाले यसअघि नै सम्झौता गरिसकेको छ । अमेरिकाले कम्पनीलाई एक अर्ब २० करोड डलर लगानी गर्ने र खोप बनेलगत्तै अमेरिकालाई ३० करोड डोज खोप उपलब्ध गराउने सम्झौता भएको छ ।

एस्ट्रोजेनेकासँग इजाजत रहेको खोप सुरुका दुई चरणको परीक्षणमा सुरक्षित र प्रभावकारी देखिएपछि तेस्रो चरणको परीक्षणको लागि अनुमति पाएको खबरमा उल्लेख छ ।

अन्तिम अपडेट: बैशाख २८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया