कैलाली : क्वरेण्टीनमा बसेकी महिलाको बलात्कार आरोपमा स्वास्थ्यकर्मीसहित ३ पक्राउ

 जेठ ३२, २०७७ आइतबार २१:२१:५० | सीताराम ओझा
unn.prixa.net

कैलाली - कैलालीको लम्कीचुहामा क्वरेण्टीनमा बसेकी महिलाले स्वास्थ्यकर्मीले आफूमाथि बलात्कार गरेको आरोप लगाएकी छिन् ।

लम्कीचुहा नगरपालिका १ पूर्वलम्कीमा रहेको शहिद स्मृति माध्यमिक विद्यालयको क्वरेण्टीनमा बसेकी महिलाले स्वास्थ्यकर्मीले आफूमाथि बलात्कार गरेको बताएकी हुन् ।

ती महिला यही जेष्ठ २० गते गौरीफन्टा नाका हुँदै नेपाल आएर क्वरेण्टीनमा बसेकी थिइन् । गएराति क्वरेण्टीनमा खटिएका एक स्वास्थ्यकर्मी र दुई जना सहयोगीले सवा १२ बजेतिर आफूमाथि बलात्कार गरेको आरोप महिलाले लगाएकी छिन् । आरोपित तीनै जनालाई इलाका प्रहरी कार्यालय लम्कीले नियन्त्रणमा लिएको छ ।

घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । घटनाको दोषीमाथि कारबाहीको माग गर्दै स्थानीयले आज लम्की बजारमा विरोध प्रदर्शन गरेका थिए ।

यस्तै आक्रोशितहरुले लम्कीचुहा नगरपालिका वडा १ को वडा कार्यालयसमेत घेराउ गरेका थिए । वडा कार्यालय घेराउ गर्ने क्रममा वडा कार्यलयमा कार्यरत एकज कर्मचारी पूजा ताम्राकार घाइते भएकी छिन् ।  

अन्तिम अपडेट: बैशाख २३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

सीताराम ओझा

सीताराम ओझा कैलालीका उज्यालाे सहकर्मी हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया