कर्णालीमा कोरोना सङ्क्रमितको सङ्ख्या १४ सयभन्दा धेरै

 असार १२, २०७७ शुक्रबार १९:१९:५३ | मुना हमाल
unn.prixa.net

सुर्खेत – कर्णाली प्रदेशमा कोरोना सङ्क्रमितको सङ्ख्या १४ सयभन्दा धेरै पुगेकाे छ ।

शुक्रबार थप २६ जनामा सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या एक हजार चार सय ३३ पुगेको सामाजिक विकास मन्त्रालय अन्तर्गत प्रदेश स्वास्थ्य सेवा महाशाखाले जानकारी दिएको छ ।

महाशाखाका अनुसार कर्णाली प्रदेश अस्पताल र पशुपंक्षी रोग अन्वेषण प्रयोगशाला सुर्खेतमा गरिएको परीक्षणमा सुर्खेतका १२, दैलेखका पाँच , सल्यानका तीन, जाजरकोटका दुई र मुगुका एक जनामा कोरोना सङ्क्रमण पाइएकाे हो।

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा गरिएको परीक्षणमा जुम्लाका एक र जुम्लामा रहेका काठमाण्डौ र सुर्खेतका एक/एक जनामा कोरोना सङ्क्रमण देखिएको महाशाखाले जनाएको  छ । 

यस्तै कोरोना सङ्क्रमणमुक्त भएर घर फर्किनेकाे सङ्ख्या सात २० पुगेको छ, शुक्रबार २० सङ्क्रमित डिस्चार्ज भएका हुन् । अहिलेसम्म प्रदेशमा कोरोना सङ्क्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या ६ पुगेको छ । 

अन्तिम अपडेट: बैशाख २६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

मुना हमाल

मुना हमाल सुर्खेतका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया