कर्णालीमा एकैदिन २१४ सङ्क्रमित निको भएर घर फर्किए, ७ जनामा काेराेना पुष्टि

 असार १३, २०७७ शनिबार १९:४८:५४ | मुना हमाल
unn.prixa.net

सुर्खेत – कर्णाली प्रदेशमा कोरोना सङ्क्रमणमुक्त भएर एकैदिन दुई सय १४ जना घर फर्किएका छन् । 

समाजिक विकास मन्त्रालय अन्तर्गत स्वास्थ्य सेवा महाशाखाले शनिबार प्रदेशका विभिन्न जिल्लाका दुई सय १४ जनालाई डिस्चार्ज गरिएको जनाएको छ । 

दैलेखको नौमुले आइसोलेशन सेन्टरबाट एक सय ३२ जना, ढुङ्गेश्वर आइसोलेशन सेन्टरबाट ६३ जना, दैलेख अस्पतालबाट नौ जना, ठाँटीकाँध आइसोलेशन सेन्टरबाट एक जना, सालकोट आइसोलेशन सेन्टर सुर्खेतबाट आठ जना, रुकुम पश्चिम अस्पतालबाट एक जनालाई डिस्चार्ज गरिएको हो । योसँगै कर्णाली प्रदेशका कोरोनामुक्त हुनेको सङ्ख्या नौ सय ३४ पुगेको छ । 

शनिबार थप सात जनामा कोरोना सङ्क्रमण देखिएको छ । प्रदेश अस्पताल र पशुपंक्षी रोग अन्वेषण प्रयोगशालामा गरिएको परीक्षणमा सुर्खेतका १५ महिने बालकसहित सात जनामा कोरोना  सङ्क्रमण देखिएको हो । सातै जना पञ्चपुरी नगरपालिकाका रहेका छन् ।

कर्णालीमा कोरोना सङ्क्रमितकोे सङ्ख्या एक हजार चार सय ४० पुगेको छ । 

अन्तिम अपडेट: बैशाख २६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

मुना हमाल

मुना हमाल सुर्खेतका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया