कर्णाली प्रदेश : मङ्गलबार १६ जना कोरोना सङ्क्रमित थपिए, ७१ जना निको भए

 असार १६, २०७७ मंगलबार १८:१२:५२ | मुना हमाल
unn.prixa.net

सुर्खेत – कर्णाली प्रदेशमा मङ्गलबार १६ जनामा कोरोना सङ्क्रमण देखिएको छ । 

प्रदेश स्वास्थ्य सेवा महाशाखाका अनुसार मङ्गलबार रुकुम पश्चिम, दैलेख, कालीकोट  र डोल्पाका १६ जनामा कोरोना सङ्क्रमण देखिएको होे ।

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुुम्लामा गरिएको परीक्षणमा रुकुम पश्चिमका आठ जना, बाँके घर भइ रुकुम पश्चिमा रहेका एक जना र दैलेखका तीन जनामा कोरोना सङ्क्रमण देखिएको हो । 

यस्तै भेरी अस्पताल नेपालगञ्जमा भएको परीक्षणमा डोल्पा र कालीकोटका दुई/दुई जनामा कोरोना सङ्क्रमण देखिएको महाशाखाका प्रमुख डाक्टर लक्ष्मीनारायण तिवारीले जानकारी दिनुभयो । 

कर्णालीमा कोरोनामुक्त हुनेको सङ्ख्या एक हजार ७२ पुगेको छ । मङ्गलबार मात्रै थप ७१ जना कोरोनामुक्त भएका हुन । अब कर्णालीमा सक्रिय सङ्क्रमितकाे सङ्ख्या तीन सय ६५ छ । 

 

अन्तिम अपडेट: बैशाख २५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

मुना हमाल

मुना हमाल सुर्खेतका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया