नेपालमा काेराेनाबाट निकाे हुनेकाे सङ्ख्या ५ हजार नाघ्याे

 असार १८, २०७७ बिहिबार १८:५१:१८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – नेपालमा कोरोना भाइरसकाे सङ्क्रमणबाट निको हुनेको सङ्ख्या पाँच हजार नाघेको छ । 

पछिल्लो २४ घण्टामा थप ६ सय ३४ जना निको भएर डिस्चार्ज भएसँगै कोरोनाबाट निको भएर घर फर्किनेकाे सङ्ख्या पाँच हजार तीन सय २० पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएकाे छ । 

नेपालमा अहिलेसम्म दुई लाख ३५ हजार सात सय जनामा कोरोना परीक्षण भएको छ । पछिल्लो २४ घण्टामा मात्रै चार हजार पाँच सय ३५ जनाको पीसीआर विधिमार्फत परीक्षण भएको छ ।

यसैबीच सरकारले पीसीआर परीक्षणलाई बढाउन थप दुई वटा पीसीआर परीक्षण गर्न सक्ने प्रयोगशाला थप गरेको छ । यससँगै कुल २५ वटा प्रयोगशालाबाट पीसीआर परीक्षण हुने छ । 

अन्तिम अपडेट: बैशाख १३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया