चितवनका ६ पालिकामा निषेधाज्ञा

 साउन ३२, २०७७ आइतबार १७:६:८ | राधेश्याम खतिवडा
unn.prixa.net

चितवन – जिल्ला प्रशासन कार्यालय चितवनले माडी नगरपालिका बाहेक पाँच वटा पालिकामा आइतबार रातिदेखि लागू हुने गरी निषेधाज्ञा जारी गरेको छ । भरतपुर महानगरपालिकामा भने गएकाे शुक्रबारदेखि नै निषेधाज्ञा जारी गरिएको छ । भरतपुरलगायत छ वटा पालिकामा निषेधाज्ञाको अवधि भदौ ५ गतेसम्मको लागि तोकिएको छ । 

रत्ननगर, खैरहनी, राप्ती,कालिका नगरपालिका र इच्छाकामना गाउँपालिकामा निषेधाज्ञा जारी गरिएको प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराईले जानकारी दिनुभयो । यी पाँच पालिका प्रमुखसँग आइतबार दिउँसो बैठक बसी निषेधाज्ञा जारी गरिएको हो । चितवनमा कोरोना सङ्क्रमितको सङ्ख्या बढ्दै गएपछि स्थानीय प्रशासन निषेधाज्ञा जारी गर्न बाध्य भएको हो । 

बिहान ५ बजेदेखि ८ बजेसम्म र बेलुका ५ बजेदेखि ८ बजेसम्म अत्यावश्यकीय सामान खरिद गर्न पाइने समय तोकिएको छ । मालवाहक ढुवानीका साधन, दमकल, एम्बुलेन्स, शव वाहन, तरकारी, फलफुल, दूध ढुवानी र पशुपंक्षीको दाना बाेक्ने सवारी साधन गुड्न पाउने छन् । 

निषेधाज्ञाको उल्लङ्घन गरेमा प्रचलित कानुनअनुसार कारबाही हुने प्रमुख जिल्ला अधिकारी भट्टराईले बताउनुभयो । 
 

अन्तिम अपडेट: बैशाख २३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

राधेश्याम खतिवडा

राधेश्याम खतिवडा उज्यालोका चितवन सहकर्मी र नेपाल पत्रकार महासंघ चितवन शाखाका पूर्व अध्यक्ष हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया