१० वर्षमा पनि बनेन माडी पुल

 साउन २२, २०७५ मंगलबार ११:१४:४५ | माधवकुमार ओली
unn.prixa.net

रोल्पा – रोल्पाको सदरमुकाम लिबाङ र पश्चिम भेगका ६ वटा गाउँपालिका जोड्ने माडीखोलामा गाडी गुड्ने पुल निर्माण कार्य सुरु भएको १० वर्षमा पनि निर्माण सम्पन्न भएको छैन ।

पुल निर्माणका लागि सडक डिभिजन कार्यालय प्यूठानले २०६५ सालमा टेन्डर आव्हान गरी लामा एण्ड धर्मेन्द्र जेभी कम्पनीलाई जिम्मा दिएको थियो । तर ठेकेदारको लापरवाहीका कारण पुल निर्माण कार्य अलपत्र बनेको हो ।

पुल निर्माण हुन नसकेपछि स्थानीयको माग अनुसार सडक डिभिजन कार्यालय प्यूठानले अस्थायी रुपमा बेलीब्रिजको जडान गरेको भएता पनि बेलीब्रिजले दीर्घकालीन काम नगर्ने भन्दै स्थानीयले तत्काल पक्कीपुल निर्माण कार्य सुरु गर्नुपर्ने माग गरेका छन् ।

गृह मन्त्रालयले सडक, पुललगायतका योजना अलपत्र पार्ने निर्माण व्यवसायीको नाम पठाउन निर्देशन गरेको भए पनि जिल्ला प्रशासन कार्यालय रोल्पाले उक्त कम्पनीसँगको ठेक्का सम्झौता तोडी कालो सूचीमा राखिएको भन्दै नाम सिफारिस गरेको थिएन । ठेक्का सम्झौता तोडी अर्काे टेण्डर खोल्ने भनिए पनि हालसम्म कुनै प्रक्रिया अघि बढ्न नसकेको भन्दै स्थानीयले भने तत्काल काम सुरु गर्नुपर्ने माग गरिरहेका छन् ।
 

अन्तिम अपडेट: बैशाख २७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

माधवकुमार ओली

रोल्पाका पत्रकार माधवकुमार ओली उज्यालोका जिल्ला सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया